आज स्वरस्रमाट नारायण गोपालको ३३ औं स्मृति दिवस

सफल खबर संवाददाता

मंगलबार, १९ मंसिर २०८०, ११ : ३६
आज स्वरस्रमाट नारायण गोपालको ३३ औं स्मृति दिवस

काठमाडौं । आज स्वरस्रमाट नारायण गोपालको ३३ औं स्मृति दिवस विभिन्न कार्यक्रमका साथ उनको योगदानको स्मरण गरिदैछ । स्वरसम्राट नारायणगोपालको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल संगीत कोषले २०४८ सालदेखि उनको सम्झनामा विविध सांगीतिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

उनले नेपाली संगीतको क्षेत्रमा ५ सयभन्दा बढी गीतमा आफ्नो स्वर दिएका छन । काठमाडौंको किलागलमा १९९६ असोज १८ गते जन्मेका नारायणगोपालको निधन २०४७ मंसिर १९ गते  भएको थियो । नारायणगोपालले ‘श्रद्धाको फूल चढाइदिनु’,रु‘दुईटा फूल द्यौरालीमा’, ‘बुझ्नै सकिनौ तिमीले’, ‘चिनारी हाम्रो धेरै पुरानो’, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, आजै र राति के देखेँ सपना’,‘पोखिएर घामको झुल्का’, ‘तिम्रो जस्तो मुटु मेरो पनि गीत चर्चित छन । त्यस्तै ‘पर्खी बसेँ आउला भनी’, ‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’ र ‘सिरीमा सिरी नि कान्छा’ लगायत गीत पनि लोकप्रिय छन । उनलाई गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बा श्री लागायत प्रतिष्ठित पुरस्कार पाएका उनलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो प्रदान गरिएको थियो ।। 

प्रतिक्रिया दिनुहोस