काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेका छन् । अवलोकनपछि उनले कामको गुणस्तरमा सम्झौता गर्न नहुने बताए ।
महाकाली–मेची अभियानको क्रममा मंगलबार बिहान भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेपछि उनले भने, ‘यहाँको कामको गुणस्तरमा कम्प्रोमाइज गर्न मिल्दैन, किनभने यो प्रकृतिसँगको कारोबार छ । यो प्रकृति, खोला, जमिनसँगको कारोबार हो । यसमा अलिकति मात्रै लापरवाही भयो भने राम्रो हुँदैन ।’
उनले काममा केही ढिलो भएको भन्दै उनले यथाशीघ्र काम सम्पन्न गर्नुपर्ने बताए । तर काम जारी रहेको भन्दै ढिलोचाँडो सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । ‘हाम्रो नेपालीहरुको काममा ढिलाइ गर्ने चलन भएको छ । तर यसलाई गति दिनुपर्छ । जे होस् काम भइरहेको छ । यो सम्पन्न हुन्छ,’ ओलीले भने ।
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति जान्न चाहेर अवलोकनमा आएको उनले बताए । आयोजनाका अधिकारीहरुका अनुसार भेरी बबई डाइभर्सनको काम हालसम्म ३५ प्रतिशत सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी