काठमाडौं । जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या थपिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झन्डै चार हजारभन्दा बढी लाभग्राही थपिएका छन् । यसअघि २८ हजार पाँच सय २७ लाभग्राहीको सङ्ख्या रहेकामा अहिले बढेर ३२ हजार पाँच सय एकजना पुगेको प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले जानकारी दिए । प्राप्त विवरणअनुसार बझाङमा दुई हजार चार, बाजुरामा दुई हजार पाँच सय ५५ जाजरकोटमा १३ हजार सात सय १८ र रुकुमपश्चिममा १४ हजार दुई सय २४ जना लाभ्रगाही कायम भएका छन् ।
उनले अहिलेसम्म १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिलो किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको छ । लाभग्राही प्रमाणित भएकामध्ये १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिला किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको खड्काले जानकारी दिए ।
भूकम्पपीडितको राहत व्यवस्थापनको मुख्य जिम्मेवार पालिकाको रहेकाले छिटोभन्दा छिटो रकम वितरण गरेर अस्थायी घर बनाउनुपर्नेमा प्राधिकरणले जोड दिएको छ । प्रवक्ता खड्काले लाभग्राही कायम गरेर मन्त्रालयमा आइपुगेकाहरुको हकमा भने विलम्ब नगरी रकम निकासा गरिरहेको पनि जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ मंसिर २०८०, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाजरकोट भूकम्पपछिको पुनर्निर्माण शुरू, ६ सयभन्दा बढी लाभग्राहीसँग सम्झौता
जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन