न्यायाधीश नहुँदा विशेष अदालतमा बसेन इजलास

सफल खबर संवाददाता

आइतबार, १७ मंसिर २०८०, १५ : ३६
न्यायाधीश नहुँदा विशेष अदालतमा बसेन इजलास

काठमाडौँ। विशेष अदालतमा न्यायाधीश हेरफेरका कारण आइतवार इजलास नै बस्न सकेन ।अध्यक्षसहित सदस्य न्यायाधीशहरूको सरुवा भएका कारण आइतवार दैनिक पेसी नतोकिएको हो ।विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीका अनुसार सरुवा भएर जाने न्यायाधीशहरू आइतबार गएकाले इजलास बसेन ।

'आइतवार सरुवा भएर जानुहुने अध्यक्षसहित सदस्य श्रीमानहरू जानुभयो । नयाँ अध्यक्ष तथा सदस्य श्रीमानहरूको भोलि शपथग्रहण हुने कार्यक्रम छ,' अधिकारीले भने, 'भोलि नै सम्माननीय प्रधानन्यायाधीशज्यूले अध्यक्ष तथा सदस्य श्रीमानहरूको शपथ ग्रहण गराउनुहुने कार्यक्रम छ ।'

 

 

सोमवार न्यायाधीशहरू हाजिर भएपछि सोमवारदेखि इजलास बस्ने उनले बताए ।न्यायपरिषदको सल्लाहअनुसार मन्त्रिपरिषदले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरूमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापा नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस