तनहुँ । ट्रकले ठक्कर दिँदा तनहुँमा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा मृतक महिलाका पति र २ छोरा घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको ट्रकको ठक्करबाट मृत्यु भएको हो।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय छोरा सुमन र छ वर्षीय गुराँस घाइते भएका छन्। घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
जर्मनीमा कारले भीडलाई ठक्कर दिँदा दुईको मृत्यु, २२ घाइते
चितवनमा मोटरसाइकलको ठक्करबाट छोरीको मृत्यु, बुबा घाइते
कैलालीमा जिपको ठक्करबाट एकजनाको मृत्यु, तीन घाइते
बसले अटोरिक्सालाई ठक्कर दिँदा पतिपत्नीसहित ४ जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते