विराटनगर । नेकपा एमालेले मंसिर १४ गते (बुधबार)देखि सुरु गरेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्ने पहिचानवादीको तयारीले मुठभेडको सम्भावना बढेको छ । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले यस्तो तयारी गरेको हो ।
संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले आफूहरुले कोशीको मध्यपहाडी क्षेत्रमा मंसिर २५ गतेदेखि बन्दको आह्वान गर्ने बताए ।
‘हामीले ८२ प्लस ३ जनालाई पूर्वी पहाडी क्षेत्रमा जान नदिने घोषणा यसअघि नै गरिसकेका हौँ । हामीलाई हेपेर जबजस्ती गरे हामी प्रतिवाद गर्छौं,’ उनले भने, ‘मध्यपहाडी लोकमार्गमा अब क–कसको पर्छ, पछि नै थाहा हुन्छ । १ नम्बर प्रदेशमा चाहिँ हामी उनीहरुलाई रोक्छौँ ।’
कोशी प्रदेशसभाबाट नामकरण पारित गर्दा मतदान गर्ने ८२ जना प्रदेशसभाका सांसद र पहिचानको विरुद्धमा निरन्तर बोल्ने तीन नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई र अर्का नेता महेश बस्नेतलाई रोक्ने उनले बताए ।
‘उनीहरु बाहेक आएभने हामी कार्यक्रम गर्न दिन्छौँ,’ थेगिमले भने, ‘हामीले त्यस अगाडि नै बन्दको आह्वान गर्ने तयारी पनि गरेका छौँ ।’पहिचानको आन्दोलनमा सँगसँगै हिँडिरहेका अर्का नेता गोपाल किराँतीले ८२ जना प्रदेशसभा सांसद र अन्य ३ जना आए भने हाम्रो लासमाथि टेकेर हिँड्नुपर्छ भनेर भनेको बताए ।
‘घुर्मीमा हिजो भएको कार्यक्रममा पनि हामीले सार्वजनिक ढंगले भनेका छौँ,’ किरातीले भने ।पहिचानवादीहरुले एमालेले आयोजना गर्ने अभियान लक्षित गर्दै ‘घुर्मी–चिवाभञ्ज्याङ् जनजागरण अभियान’ थालेका छन् ।
उता, एमालेले पश्चिमको झुलाघाटबाट संकल्प यात्रा सुरु गरिसकेको छ । उक्त यात्रा मंसिर २६ गते उदयपुरको घुर्मी आइपुग्नेछ । पहिचानवादी र एमाले आमनेसामने हुने भएपछि फेरि पूर्वी पहाडी क्षेत्रमा तनाव सिर्जना हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग
सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील छ: मुख्यमन्त्री कार्की
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशसभाबाट आठ अध्यादेश सर्वसम्मतिले पारित