काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरूलाई आग्रह गरेका छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन अवुधाबी पुगेका प्रधानमन्त्रीले बिहीबार साँझ नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी प्रतिफल उठाउन आह्वान गरेका हुन् ।
दुबई उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिएका थिए ।
यूएईका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले यूएई र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकार्य एवं साझेदारी अपरिहार्य भएको बताए ।
दुबई उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य सङ्घ र दुबई उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवं सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताएको दूतावासले जनाएको छ ।
महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र युएइबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा यूएई र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरूको उपस्थिति थियो । त्यसअघि प्रधानमन्त्री दाहालले अवुधाबीस्थित ग्रान्ड मस्कको भ्रमण गरेका थिए । बिहीबारदेखि कोप–२८ दुबइमा प्रारम्भ भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, ०६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले कूटनीतिक निकाय र राजदूतसँग छलफल गर्दै
राष्ट्रपति, प्रधानमन्त्री र जेनजी अगुवाबीच शीतल निवासमा बैठक जारी
प्रधानमन्त्रीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त
प्रधानमन्त्रीको नाममा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने
संविधान अनुसार ३५ वर्ष उमेर सिमा तर जेनजीलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्रीको हारगुहार
प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच रिक्त हुने सदस्यको चुनावबारे छलफल