काठमाडौँ । अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा कनेक्टिकटस्थित आफ्नै घरमा बुधबार बिहान निधन भएको छ । रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री भएका थिए ।
उनी अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि थिए । चीनसँग सम्बन्ध विस्तारका लागि उनी पाकिस्तानको रावलपिण्डीबाट चीन गएका थिए ।किसिन्जर एक राजनीतिज्ञ र एक प्रसिद्ध कूटनीतिज्ञ थिए। जसले राष्ट्रपति रिचर्ड एम. निक्सन र जेराल्ड फोर्डको शासनकालमा अमेरिकी विदेश नीतिमा अभूतपूर्व काम गरेका थिए।
उनले चिनियाँ नेता माओ र राष्ट्रपति निक्सनबीच भेटवार्ता गराएका थिए, जसले चीन–अमेरिका द्वन्द्वलाई अन्त्य गराएको थियो । माओ–निक्सन भेटवार्ता विश्व राजनीतिमा निकै चर्चित छ ।
अमेरिका–चीन शक्ति सन्तुलन कायम राख्न अमेरिकाले पहल गर्नुपर्नेमा जोड दिने किसिन्जरले दुई देशबीच स्थायी संवाद पनि आवश्यक रहेको पनि बताउँथे । राजनीतिमा आउनुअघि उनी हार्वर्डमा पढाउँथे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १४ मंसिर २०८०, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्ना नागरिकलाई अमेरिकाले भन्यो- तुरुन्तै इराक छोड्नू
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
सम्झौताविना टुंगियो अमेरिका–इरान वार्ता
अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुंगा आक्रमणमा तीन जनाको मृत्यु
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प