काठमाडौं । डा. स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति बनाउने भएको छ । रास्वपाको विधान अनुसार सांसद वाग्लेलाई रास्वपाले उपसभापति बनाउन लागेको हो ।
रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ । पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्यालमात्र रास्वपाको उपसभापति छन् ।
तनहुँ–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव सभापति रवि लामिछानेले महोत्तरीको जलेश्वरमा जारी बैठकमा पेश गरेका हुन् ।
वाग्ले उपसभापति भएको औपचारिक घोषणा भने पार्टीको संयुक्त बैठक समापन समारोहमा गरिने छ ।
रास्वपाको विधान अनुसार उपसभापतिको कार्यमा सभापतिलाई आवश्यक सहयोग गर्ने, सभापतिले प्रत्यायोजन गरेको कार्य गर्ने, केन्द्रीय समिति र कार्यसम्पादन समितिले तोकेको कार्य गर्ने छ । सभापति अनुपस्थित रहेको बैठक दुई उपसभापति मध्ये जेष्ठ वा सभापतिले तोकेकाले सभापतिको भूमिका निर्वाह गर्ने विधानको व्यवस्था छ ।
रास्वपाले केही दिनअघि पार्टी प्रवेश गरेका डा. नन्दन यादवलाई केन्द्रीय सदस्य बनाउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ मंसिर २०८०, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सांसदको काम थिति बसाल्ने हो: स्वर्णिम वाग्ले
जेनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गरेर अघि बढ्नुपर्छ : स्वर्णिम वाग्ले
साइबर ब्युरोमा उजुरी दिँदै स्वर्णिम वाग्ले
नयाँ स्टक एक्सचेन्ज ‘नीतिगत कब्जा र नाङ्गो भ्रष्टाचारको खेल’ : स्वर्णिम वाग्ले