दलीय स्वार्थभन्दा माथि उठेर कानुन निर्माण गर्ने सांसदहरुको भनाई

सफल खबर संवाददाता

विहीबार, १४ भदौ २०७५, १७ : ४२
दलीय स्वार्थभन्दा माथि उठेर कानुन निर्माण गर्ने सांसदहरुको भनाई

काठमाडौँ । कानुन बनाउँदा दलीय स्वार्थभन्दा माथि उठेर संविधानको भावनालाई प्रतिविम्बित गर्ने सांसदहरुले बताएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा उनीहरुले सङ्घीय संविधानलाई सर्वाेपरि राखी कानुन निर्माणमा दलगत स्वार्थभन्दा माथि उठी जनताको पीरमर्कालाई प्रतिविम्बित गर्ने बताएका हुन् । समितिको सभापति निर्विरोध चयन हुनु सकारात्मक विषय भएको भन्दै उनीहरुले संविधान जारी गर्न प्रमुख दलबीच बनेको सहमति, सहकार्य र एकता संबिधान कार्यान्वयन गर्न पनि एकताको सुखद् शुरुवात भएको टिप्पणी गरेका थिए ।

राष्ट्रियसभाअन्तर्गतका विषयगत सभापतिहरूको बुधबार निर्विरोध चयन भएको थियो । जसअनुसार विधायन व्यवस्थापन समितिमा पर्शुराम मेघी गुरुङ निर्विरोध निर्वाचित हुनुभएको हो । बैठकमा सांसद अनिता देवकोटाले आगामी दिनमा संविधान कार्यान्वयन गर्न पनि दलहरुबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । सांसद शेरबहादुर कु“वरले संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने मौलिक अधिकारसित सम्बन्धित विधेयकमाथि छलफल शुरु गर्न सुझाव दिनुभयो । समितिका सभापति पर्शुराम मेघी गुरुङले समितिका काम सहमति र एकताबाट आगामी दिनमा अगाडि बढ्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस