काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय लेखा समितिमा चार जना सदस्य मनोनीत भएका छन्। सभापति शेरबहादुर देउवाले श्यामकुमार घिमिरे संयोजकत्वमा रहेको केन्द्रीय लेखा समितिमा सोमबार चार जना सदस्य मनोनीत गरेका हुन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका डेविड बस्याल, मकवानपुरका रमेश नेपाल र सिन्धुलीका अनन्त कार्कीलाई लेखा समिति सदस्य मनोनीत गरिएको हो।
सभापति देउवाले ०७९ साउनमा संयोजकमा केन्द्रीय सदस्य घिमिरेलाई मनोनीत गरेका थिए। सभापति देउवाले पार्टीका विभाग तथा समितिमा मनोनीत गर्दा ढिलाइ गर्ने गरेका छन्। ०७८ मंसिरमा महाधिवेशन भएको थियो।
महाधिवेशन भएको छ महिनाभित्र विभाग तथा समिति गठन गर्नुपर्ने भए पनि देउवाले ढिला गरी केही विभाग र समिति गठन गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ मंसिर २०८०, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)