काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह पुस २ गते हुने भएको छ। त्रिविले आज एक सूचना प्रकाशित गर्दै यस वर्षको दीक्षान्त समारोह पुस २ गते दशरथ रङ्गशालामा हुने जानकारी दिएको हो।
त्रिविले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरूलाई पुस २ गते बिहान ८ बजेदेखि १० बजेभित्र समारोहस्थलमा प्रवेश गरिसक्न भनेको छ। दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि त्रिविले यसअघि नै अनलाइन फाराम भराइसकेको छ।
समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ-आफ्नो गाउन/स्कार्फ/टोपी पहिरी बिहान ८:०० बजेदेखि १०:०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्न र तोकिएको स्थानमा बस्न त्रिविले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ मंसिर २०८०, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविद्वारा उपप्राध्यापक पदमा दरखास्त आह्वान
सल्टिएन त्रिविको समस्या : पदाधिकारी अझै कार्यकक्षबाहिरै
त्रिविद्वारा सरकारसँग सुरक्षा माग
पठनपाठन रोकिएपछि त्रिविमा इन्जिनियरिङका विद्यार्थीको प्रदर्शन
त्रिविमा नेविसंघको प्रदर्शन
त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त