काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा पढ्नका लागि नेपाललाई ‘मेडिकल एजुकेसन हब’ बनाउन लागेको बताएका छन्।
आइतबार नेपाल चिकित्सक सङ्घको आयोजनामा भएको तेस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले नर्सिङ तथा प्यारामेडिकल विषय पढ्नका लागि धेरै पैसा देशबाहिर गइसकेकाले विद्यार्थीलाई रोक्नका लागि नेपालमै चिकित्सक विषय पढाउनुपर्ने बताए।
देशलाई मेडिकल हव बनाउन सके आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपर्ने बताए। ‘संविधानमा नागरिकले निःशुल्क उपचार पाउने व्यवस्था छ । त्यसैले सरकारी अस्पतालमा १० प्रतिशत छुटसहित गरिब बिरामीलाई पैसाको अभावले उपचारबाट वञ्चित हुन पर्ने छैन,’ उनले भने।
हरेक प्रदेशमा तीन-तीनवटा मेडिकल कलेज खोल्ने व्यवस्था मिलाउन लागेको बस्नेतले बताए। बागमती प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशीले सरकारले नागरिकलाई सरल र सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताए।
सरकार र निजी क्षेत्रको सहकार्य गरेर स्वास्थ्य क्षेत्रमा भएको समस्यालाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिँदै उनले बागमती प्रदेश सरकारले पिछडिएको वर्गलाई एक लाख बराबरको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको जानकारी दिए।
उनले काठमाडौँका सबै सरकारी अस्पतालमा निःशुल्क रगतको व्यवस्था गर्न लागेको पनि जोशीले बताए। शिखर सम्मेलन आजसम्म चल्ने छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ मंसिर २०८०, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य बीमामा व्यापक दुरुपयोग भएको छ, कडाइ गरिन्छ : स्वास्थ्यमन्त्री
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
मानव अङ्ग प्रत्यारोपण सम्बन्धी कानूनलाई खुकुलो बनाउन सकिँदैनः मन्त्री पौडेल
स्वास्थ्यकर्मी उपत्यका बाहिर जानै नमान्ने मन्त्री पौडेलको गुनासो
मधेस प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने
गम्भीर दीर्घरोगीको प्रशामक सेवाका लागि रणनीति स्वीकृत