साताको सेयर बजार : नेप्सेमा ८ अंकको वृद्धि, १ अर्ब १० करोडको कारोबार

सफल खबर संवाददाता

शनिबार, ०९ मंसिर २०८०, १३ : ०६
साताको सेयर बजार : नेप्सेमा ८ अंकको वृद्धि, १ अर्ब १० करोडको कारोबार

काठमाडौँ । तिहारपछि कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यो साता ८.११ अंकले बढेर बन्द भएको छ । यो साताको कारोबार खुल्दा नेप्से परिसूचक १८५२ अंक कायम थियो । जुन, यो साताको अन्तिम कारोबार दिनसम्ममा १८६० अंकमा पुगेर बन्द भएको हो 

तिहारपछि खुलेको बजारमा ४ दिन मात्रै कारोबार भएको थियो । सोमबारदेखि खुलेको बजार बिहीबारसम्म कारोबार हुँदा ३ दिन बढेको थियो । सोमबार १.३९ अंकले बढेको नेप्से मंगलबार २३ अंकले खुम्चिएको थियो । यस्तै, बुधवार २० अंक र बिहीबार ९ अंकले बढेर बन्द भएको हो । यो ८.११ अंकको सुधार हो ।

नेप्से कारोबारमा वृद्धि देखिन थालेसँगै कारोबार रकममा पनि सुधार आएको छ । पछिल्ला ४ दिनमा नेप्सेमा कारोबार रकम औसतमा १ अर्ब १० करोडभन्दा धेरैको छ । जुन, तिहार अघिको बजारमा दैनिक ९० करोड हाराहारी कारोबार हुन्थ्यो । यो साता नेप्सेमा ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो साता नेप्सेको कूल पुँजीकरण समेत बढेको छ । यो साता नेप्सेका बजार पुँजीकरण २८ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । जुन, १५ अर्बको वृद्धि हो । यसअघि, नेप्सेको बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस