काठमाडौँ । तिहारपछि कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यो साता ८.११ अंकले बढेर बन्द भएको छ । यो साताको कारोबार खुल्दा नेप्से परिसूचक १८५२ अंक कायम थियो । जुन, यो साताको अन्तिम कारोबार दिनसम्ममा १८६० अंकमा पुगेर बन्द भएको हो
तिहारपछि खुलेको बजारमा ४ दिन मात्रै कारोबार भएको थियो । सोमबारदेखि खुलेको बजार बिहीबारसम्म कारोबार हुँदा ३ दिन बढेको थियो । सोमबार १.३९ अंकले बढेको नेप्से मंगलबार २३ अंकले खुम्चिएको थियो । यस्तै, बुधवार २० अंक र बिहीबार ९ अंकले बढेर बन्द भएको हो । यो ८.११ अंकको सुधार हो ।
नेप्से कारोबारमा वृद्धि देखिन थालेसँगै कारोबार रकममा पनि सुधार आएको छ । पछिल्ला ४ दिनमा नेप्सेमा कारोबार रकम औसतमा १ अर्ब १० करोडभन्दा धेरैको छ । जुन, तिहार अघिको बजारमा दैनिक ९० करोड हाराहारी कारोबार हुन्थ्यो । यो साता नेप्सेमा ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो साता नेप्सेको कूल पुँजीकरण समेत बढेको छ । यो साता नेप्सेका बजार पुँजीकरण २८ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । जुन, १५ अर्बको वृद्धि हो । यसअघि, नेप्सेको बजार पुँजीकरण २८ खर्ब ५३ अर्ब रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार