काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चौंथोपटक काठमाडौँ आएका छन् ।
मोदी आज बिहान साढे ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रिएका हुन् । उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । सम्मेलनमा सहभागिताका लागि सदस्य राष्ट्रका प्रमुख तथा प्रधानमन्त्री आउने क्रम जारी छ । मोदी आएलगत्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौं अवतरण गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस