काठमाडौँ । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार बसेको न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले चौधरीलाई दिइएको सजाय माफीको निर्णय बदर गर्न राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई परेको रिट निवेदनमा कारण देखाउ आदेश गरेको हो ।
सरकारले कैलालीको टीकापुरमा भएको हत्याकाण्डको योजनाकारका रूपमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएर कारागारमा रहेका चौधरीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेको थियो । गत जेठ १५ मा गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको बाँकी कैद सजाय माफी गरेका थिए ।
तर सो हत्याकाण्डमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले चौधरीको सजाय माफीको निर्णय गैरकानुनी रहेको भन्दै राष्ट्रपति कार्यालय समेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् । उनको निवेदनमाथिको सुनुवाइमा सर्वोच्चले उनको मागबमोजिमको उत्प्रेषण आदेश किन जारी हुनु नपर्ने भन्नेबारे १५ दिनभित्र कारणसहित उपस्थित हुन आदेश गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ मंसिर २०८०, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लिचीबारी घुस काण्डबारे श्रीमती रञ्जितासँग रेशम चौधरीले मागे जवाफ
रेशम चौधरीको प्रधानमन्त्रीसँग भेट
रास्वपाद्वारा रेशम चौधरी पक्राउप्रति न्यायिक छानिबन गर्न माग
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग
प्रधानमन्त्री र गृहमन्त्रीलाई थाहै नदिई प्रहरीले मात्र समाउन सक्ला रेशम चौधरी ?
रेशम चौधरीलाई कारागार बुझाइयो