काठमाडौँ । माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले सो आदेश जारी गरेको हो। सर्वोच्चले रिट निवेदकको माग बमोजिम किन आदेश दिनु नपर्ने हो? भन्दै जवाफ मागेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डला लगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । सो घोषणाविरुद्ध अभिवक्ता स्वागत नेपालले सर्वोच्चमा रिट दायर गरेका थिए। उनले स्थानीय प्रशासनको निर्णय रोक्न भन्दै अन्तरिम आदेश हुनुपर्ने माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ मंसिर २०८०, १९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
पूर्व विशिष्ट पदाधिकारीविरुद्धको रिटमा अन्तरिम आदेश नदिने सर्वोच्चको निर्णय
शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना सुरु नगर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
दुर्गा प्रसाईँलाई कारबाही गर्ने आयोगको फाइल मगाउन सर्वोच्चको आदेश