अन्तर्राष्ट्रिय अपराधबारे शून्य सहनशीलता नीति अपनाउने बिम्स्टेक मन्त्रीस्तरीय निर्णय

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०७५, २० : ०३
अन्तर्राष्ट्रिय अपराधबारे शून्य सहनशीलता नीति अपनाउने बिम्स्टेक मन्त्रीस्तरीय निर्णय

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (बिमस्टेक) को मन्त्रीस्तरीय बैठकले अन्तर्राष्ट्रिय अपराध र मानव तस्करी अन्त्यका लागि शुन्य सहनशीलताको नीति अपनाउने समझदारीमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।
बुधबार काठमाडौंमा बसेको विमस्टेकको १६ औं मन्त्रीस्तरीय बैठकले सदस्य राष्ट्रहरुबीच अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका लागि शुन्य सहनशीलताको नीति अपनाउने विषयमा शिखर सम्मेलनमा सम्झदारी गर्ने निर्णय गरेको हो । मन्त्रीस्तरीय बैठकले शिखर सम्मेलनका लागि १६ वटा विभिन्न एजेन्डा तय गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनु भयो ।
बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले  गरिवी निवारण, जलवायु परिवर्तन, मानव तस्करी र अपराध, भोकमरीलगायतका विषयमा सदस्य राष्ट्रहरुबीच सहकार्य गरेर अघि बढनुपर्नेमा जोड दिनुभएको थियो । बैठकले काठमाडौं घोषणा पत्रलाई अन्तिम रुप दिएको पनि परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले बताउनु भयो । 
बिहिबार (भोली) प्रधानमन्त्री केपी ओलीले विमस्टेकको चौंथो शिखर सम्मेलन उद्घाटन गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस