पश्चिम सेती चिनिया कम्पनी थ्री गर्जेजले पनि नबनाउने

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०७५, १८ : ४१
पश्चिम सेती चिनिया कम्पनी थ्री गर्जेजले पनि नबनाउने

काठमाडौँ । पश्चिम सेती जलविद्युत आयोजना चिनिया कम्पनी थ्री गर्जेजले पनि नबनाउने भएको छ । 
उर्जा मन्त्रालय स्रोतका अनुसार ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना थ्री गर्जेजले नबनाउने लगभग निश्चित भएको छ । बुधबार कम्पनीका अधिकारीले ऊर्जा जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री युवराज खतिवडा र लगानी बोर्डका अधिकारीसँगको छलफलमा थ्री गर्जेजका अधिकारीले पूरानै अडान दोहो¥याएपछि नबन्ने पक्काजस्तो भएको हो । 
‘थ्री गर्जेजले जे जे शर्त अगाडि सारे पनि उसको उद्देश्य नबनाउने नै देखियो’ मन्त्रालय स्रोतले भन्यो । 
 

प्रतिक्रिया दिनुहोस