काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले समाजमा नकारात्मक सन्देश फैलाउन अहिले सामाजिक सन्जाल प्रयोग भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । निश्चित नियत राखेर केही जत्थाले नकारात्मकता फैलाइरहेको र यो सामाजिक सञ्जालका माध्यमबाट धेरै जनामा पुगिरहेको उनले बताए ।
कर दिवस समापनका अवसरमा बिहीवार आन्तरिक राजश्व बिभागमा आयोजित कार्यक्रममा उनले भने ‘नेपालीहरु आफ्नो पेट काटेर पनि स्मार्ट फोन चलाउँछन्, दक्षिण एसियामै प्रतिव्यक्ति स्मार्ट फोन यहाँ धेरै छ, यसैमार्फत यो देशमा केही हुँदैन, यहाँको सत्ता खराब छ भन्ने नेगेटिभिटी फैलाइएको छ ।’
अहिलेको समस्या आत्मविश्वासको अभाव भएको भन्दै कुनै एक व्यक्ति डुब्दैमा देशै डुब्छ भन्न नमिल्ने बताए । अर्थतन्त्रमा आजको आजै समस्या नआएको र अब सकारात्मकतर्फ अगाडि बढेको उनले दाबी गरे । सरकारले अनुदानलाई उत्पादनमा आधारित बनाएको भन्दै उनले मुलुकमै ठूलो सम्भावना रहेको बताए । मुलुकमा रहेको सम्म्भावनामा निजी क्षेत्रले नेतृत्व लिएर काम गर्नुपर्ने भन्दै उनले यसमा राज्यले सहयोग गर्ने बताए ।
विगतमा ठूला भवन, जग्गामा धेरै लगानी जाँदा समस्या आएको र शेयर अप्राकृतिक रुपमा बढेको भन्दै उनले अब यसबाट पाठ सिक्नुपर्ने बताए । ‘आँखा चिम्लेर मैले ऋण लिएँ, भोलि फिर्ता गर्नुपर्दैन भन्ने अभियान कसैले पनि थाल्नु हुँदैन, साँच्चिकै अफ्ठ्यारोमा परेकालाई राज्यले सहजीकरण गर्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता
यथार्थपरक बजेट कार्यान्वयनमा जुट्न मन्त्री र अधिकारीलाई अर्थमन्त्रीको निर्देशन
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री
विद्युतको खपत बढाउन ईभीको कर स्थिर राखेका हौँ: अर्थमन्त्री
बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल सुरु
बजेट ल्याएको भोलिपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्दै