काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले समाजमा नकारात्मक सन्देश फैलाउन अहिले सामाजिक सन्जाल प्रयोग भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । निश्चित नियत राखेर केही जत्थाले नकारात्मकता फैलाइरहेको र यो सामाजिक सञ्जालका माध्यमबाट धेरै जनामा पुगिरहेको उनले बताए ।
कर दिवस समापनका अवसरमा बिहीवार आन्तरिक राजश्व बिभागमा आयोजित कार्यक्रममा उनले भने ‘नेपालीहरु आफ्नो पेट काटेर पनि स्मार्ट फोन चलाउँछन्, दक्षिण एसियामै प्रतिव्यक्ति स्मार्ट फोन यहाँ धेरै छ, यसैमार्फत यो देशमा केही हुँदैन, यहाँको सत्ता खराब छ भन्ने नेगेटिभिटी फैलाइएको छ ।’
अहिलेको समस्या आत्मविश्वासको अभाव भएको भन्दै कुनै एक व्यक्ति डुब्दैमा देशै डुब्छ भन्न नमिल्ने बताए । अर्थतन्त्रमा आजको आजै समस्या नआएको र अब सकारात्मकतर्फ अगाडि बढेको उनले दाबी गरे । सरकारले अनुदानलाई उत्पादनमा आधारित बनाएको भन्दै उनले मुलुकमै ठूलो सम्भावना रहेको बताए । मुलुकमा रहेको सम्म्भावनामा निजी क्षेत्रले नेतृत्व लिएर काम गर्नुपर्ने भन्दै उनले यसमा राज्यले सहयोग गर्ने बताए ।
विगतमा ठूला भवन, जग्गामा धेरै लगानी जाँदा समस्या आएको र शेयर अप्राकृतिक रुपमा बढेको भन्दै उनले अब यसबाट पाठ सिक्नुपर्ने बताए । ‘आँखा चिम्लेर मैले ऋण लिएँ, भोलि फिर्ता गर्नुपर्दैन भन्ने अभियान कसैले पनि थाल्नु हुँदैन, साँच्चिकै अफ्ठ्यारोमा परेकालाई राज्यले सहजीकरण गर्छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
निजी क्षेत्रलाई नडराउन अर्थमन्त्रीको आग्रह
अर्थमन्त्रीको दाबी : आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन चरणमा, निजी क्षेत्रको सुझाव बजेटमा समेटिने
संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग
अर्थमन्त्रीको चार ठाउँमा घर र अपार्टमेन्ट, साढे ३ करोड ऋण