भरतपुरको पश्चिमी क्षेत्रमा सिंचाइको लागि कति आउला बजेट ? नारायणी लिफ्टले माग्यो १ अर्ब १९ करोड

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०७५, १८ : १०
भरतपुरको पश्चिमी क्षेत्रमा सिंचाइको लागि कति आउला बजेट ? नारायणी लिफ्टले माग्यो १ अर्ब १९ करोड

चितवन । अन्नको भण्डार मानिने भरतपुर महानगरको पश्चिमी क्षेत्रमा सिंचाइको अभाव छ । भरतपुर महानगरका पश्चिमतर्फका वडाहरु ६, १४, १५, १६, १८, १९, २०, २५, २२ नम्बरमा सिंचाइ छैन ।
आकाशे भरमा खेती लगाउन त्यहाँका स्थानीय बाध्य भएका छन् । सिँचाइ पुगेको ठाउँमा पनि पर्याप्त पानी छैन । कतिपय भूभागमा वर्षाको समयमा मात्र सिँचाइ भइरहेको छ । ‘अन्नको भण्डार भनेर मात्र हुँदैन, यहाँको ५ हजारभन्दा बढी हेक्टरमा सिंचाइ छैन’ खगेरी सिंचाइ प्रणालीका अध्यक्ष बेलबहादुर गुरुङले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामु भने, ‘सिंचाइको अभावले खेतहरु बाँझै छन् ।’
 नारायणी लिफ्ट खगेरी सिंचाइ व्यवस्थापन डिभिजनले आज भरतपुरमा राखेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष गुरुङले खगेरी सिंचाइमा पानीको स्रोत बढाउन नारायणी लिफ्टको पम्प नयाँ हाल्नुपर्ने बताए । ‘पम्पहरु पुरानो भयो, यसले पानीको स्रोत बढाएन । अब नयाँ हाल्नुपर्छ । यसको लागि ठूलो बजेट चाहिन्छ, यहाँ पूर्वप्रधानमन्त्री हुनुहुन्छ, उहाँले पहल गरिदिनुप¥यो’ अध्यक्ष गुरुङले भने । कार्यक्रममा नारायणी लिफ्ट खगेरी सिंचाइ व्यवस्थापन डिभिजनका प्रमुख खेमबहादुर पाठकले नारायणी लिफ्टका ५ वटा पुराना भएका पम्पहरु फेर्नुपर्ने बताए ।


 उनले पश्चिम चितवनका जग्गाहरुमा सिंचाइ पु¥याउन डिसेल्डिङ बेसिन र नहर पक्कि बनाउनुपर्ने बताए । प्रमुख पाठकले भने, ‘यसको लागि १ अर्ब १९ करोड बजेट चाहिन्छ ।’ उनले अध्यक्ष प्रचण्डसामु यो बजेट स्थानीय तथा प्रदेश सरकारबाट उपलव्ध हुन नसक्ने हुनाले केन्द्र सरकारबाट पहल गरिनुपर्ने बताए । कार्ययोजनाको प्रतिवेदन प्रस्तुत गर्दै उनले भने, ‘खगेरीले हाल ७ हजार हेक्टर सिंचाइ गरिरहेको छ, नारायणी लिफ्टमा नयाँ पम्प हाले १२ हजार हेक्टरमा सिंचाइ हुन्छ, महानगरका सबै जमिनमा छ्याल्लव्याल्ल पानी पुग्छ ।’
 कार्यक्रममा प्रदेशका सांसद विजय सुवेदी, कृष्ण भुर्तेललगायतले खगेरी सिंचाइको स्रोत बढाउन दीर्घकालीन योजना ल्याउनुपर्ने बताए । सबैको कुरा सुनेपछि कार्यक्रममा उपस्थित पुष्पकमल दाहाल प्रचण्डले यो काममा झण्डै डेढ अर्बको बजेट चाहिने बताए । उनले भने, ‘यो स्थानीय र प्रदेश सरकारले सक्दैन, म प्रधानमन्त्रीसँग कुरा गर्छु, मन्त्रालयमा कुरा गर्छु । अन्नको भण्डारमा सिंचाइको लागि प्रस्तुतअनुसार बजेट स्वीकृत गराई छिटै टेण्डर प्रक्रियामा लान्छु ।’

प्रतिक्रिया दिनुहोस