आम जनता पार्टीद्वारा स्थायी कमिटी बैठक आह्वान

सफल खबर संवाददाता

बुधबार, ०६ मंसिर २०८०, १६ : २२
आम जनता पार्टीद्वारा स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ । प्रभु साह नेतृतत्वको आम जनता पार्टी (आजपा)ले स्थायी कमिटीको बैठक आह्वान गरेको छ। पछिल्लो विकसिक राजनीतिक घटनाक्रम र समयामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन आजपाले मंसिर ११ गते पार्टी कार्यालय कोटेश्वरमा बैठक आह्वान गरेको हो ।

अध्यक्ष साहले देश यतिवेला संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको रराजनीतिक अस्थिरता कायमै रहेको दाबी गरे । सरकार–सरकारबीच द्वन्द्वको अवस्था रहँदा जनता भने निराश रहेको उनको भनाइ छ । प्रमुख पार्टीका नेताहरु अनिर्णयको बन्दी भई खुलेआम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै उनले देशको आर्थिक अवस्था दयनीय अवस्थामा पुगेको जिकिर गरे ।

बजारमा पैसाको हाहाकार छ । एकातिर देशबाट वर्षेनि खरबौं पूँजी वर्तमान संकटको प्रमुख कारण विद्यमान शासन व्यवस्था र मुख्तयः दलतन्त्र भएको उल्लेख गर्दै साहले यसको विकल्प खोज्न जरूरी भैसकेको बताए । यी र यस्ता संकटको समिक्षा तथा वर्तमान व्यवस्था र नेतृत्वको विकल्पबारे पार्टीको आधिकारिक धारणा तथा ठोस योजना निर्माणको लागि बैठक आह्वान गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस