नयाँ कार्यालयमा सर्दै प्रधानमन्त्रीले भने- सरकारको काम र गुण नयाँ ढंगबाट अघि बढ्छ

सफल खबर संवाददाता

बुधबार, ०६ मंसिर २०८०, १४ : १४
नयाँ कार्यालयमा सर्दै प्रधानमन्त्रीले भने- सरकारको काम र गुण नयाँ ढंगबाट अघि बढ्छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदरबारको पश्चिमतर्फ रहेको रेट्रोफिटिङ गरी बनाइएको कार्यालयमा सरेका छन् । प्रधानमन्त्री दाहाल आज सो भवनमा सरेका हुन् । 

२०७२ सालको विनाशकारी भूकम्पले सो भवनमा क्षति पुगेपछि त्यसलाई पुनर्निर्माण गरी तयार गरिएको हो । नयाँ कार्यालयमा सरेको अवसरमा सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै उनले नयाँ सुरुवातले नयाँ गति पक्रने आशा व्यक्त गरे।

 उनले पहिले कार्यालय रहेको ठाउँभन्दा यो ठाउँ अलि खुला र फराकिलो रहेकाले नयाँ कुराहरू फुर्न सक्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस