नेपाललाई रजत

नेपालले पायो एसियाडमा पहिलो सफलता

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०७५, १५ : १८
नेपालले पायो एसियाडमा पहिलो सफलता

काठमाडौं । नेपालले इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदमा पहिलो पदक जितेको छ। प्याराग्लाइडिङले नेपाललाई रजत पदक दिलाएको हो । प्याराग्लाइडिङको पुरुषतर्फ नेपालले रजत पदक जितेको हो । 
नेपाली टोलीमा ३४ वर्षीय विमल अधिकारी, २६ वर्षीय  विजय गौतम,  २९ वर्षीय सुशील गुरुङ, १७ वर्षीय युकेश गुरुङ र  २६ वर्षीय विशाल थापा थिए। एसियाडमा पहिलोपटक प्याराग्लाइडिङ समावेश गरिएको हो ।
पदक भने जापानले जित्यो । नेपालले कुल ११ हजार ३६४ अंक ल्याउँदा जापानले ११ हजार ३९१ अंक प्राप्त गर्दै रजत पदक जित्न सफल बन्यो । 
तेक्वान्दो, कराते, बक्सिङ जस्ता खेलमा पदक बिहिन भएको नेपाललाई प्याराग्लाइडिङमा पाएको पदकले खुसी दिलाएको छ । 
नेपालले एसियाड इतिहासमा दोस्रोपटक रजत पदक जितेको हो। यसअघि थाइल्यान्डमा सन् १९९८ मा भएको एसियाडमा सविताराज भन्डारीले तेक्वान्दोमा रजत पदक जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस