काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले भूकम्प पीडितलाई सघाउन सरकारलाई एक करोड रूपैयाँको चेक हस्तान्तरण गरेको छ। जाजरकोट र रुकुममा गएको भूकम्पमा परी पीडित भएका परिवारलाई राहत दिन सहयोग गरेको हो।
सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनः स्थापना कार्यलाई साथ दिन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड रूपैयाँ योगदान गरेको छ। कम्पनीका सञ्चालक तथा अधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार चेक हस्तान्तरण गरेका छन्।
प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका राहत सामग्री यस अघि प्रदान गरेको थियो। मानवीय तथा भौतिक क्षतिले हुने पीडा कम गर्न सहयोग गरेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको कोइलाखानीमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग
सडक बनाउन स्थानीयको दश लाख सहयोग
इलामका बाढीपीडितलाई जर्मनीको सहयोग
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्व लडाकुलाई गरे दुई लाख सहयोग
बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग