प्रदेश २ मा राजपा र फोरम दुई किनारा !

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०७५, १२ : ५२
प्रदेश २ मा राजपा र फोरम दुई किनारा !

जनकपुरं । प्रदेश नम्बर २ को सरकार संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनको सरकार हो । तर गठबन्धनमा दरार देखिन थालेको छ । राजपा र फोरम यतिबेला नदीका दुई किनाराजस्ता भएका छन् । 
स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा चुनावमा प्रदेश २ मा यी दुई दलबीच सहकार्य भएको थियो ।  सरकार पनि यी दुई दल नै मिलेर बनाएका हुन् ।  तर,  हाल आएर सरकार सञ्चालन तथा अन्य निर्णयको विषयमा यी दुई दलबीच तालमेल भएको देखिदैन । 
सरकार कसरी सञ्चालन गर्ने, विकासका कार्यहरु कसरी गर्ने भन्ने विषयमा दुई दलका मन्त्रीहरुको बीचमा समन्वय हुनुपर्ने भएपनि त्यो हुन नसकेको दुई दलका नेताहरुले बताएका छन् ।
प्रदेश २ मा संयुक्त सरकार गठन भएपछि सरकार सञ्चालनका लागि दुई दलले एउटा समन्वय समिति बनाउने निर्णय गरेका थिए । तर कार्यान्वयक्ष पक्षमा शिथिलता देखिएको छ । 


फोरम नेपालका केन्द्रीय अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश २ मा गएर बेलामा मन्त्रीहरुलाई बसाएर छलफल गरेर आवश्यक निर्देशन दिएका छन् । प्रदेशस्तरमा भने कुनै पहलकदमी भएको देखिँदैन । यसो त राजपाका नेताहरुले पनि फोरमको बाटो हेर्नुबाहेक अरु पहलकदमी लिएको देखिँदैन । 
सरकारमा दुबै दलका मन्त्रीहरु छन् । तर एक मन्त्रालयले अर्को मन्त्रालयसँग समन्वयकारी भूमिका भएको देखिँदैन । दुई दलको बीचमा आपसी समझदारी नभएको कारण प्रदेश २ को सरकार कमजोर भएको स्थानीय नेताहरुको भनाइ छ । 
फोरम नेपालले राजपालाई र राजपाले फोरमलाई औंला देखाउन काम भएको पुराना नेताले बताए । कापडीले सरकार सञ्चालनका लागि दुई दलले संयुक्त समिति बनाएर काम गरे प्रभावकारी हुने सुझाव दिए । 
राजपा नेपाल गठन हुनुअघि नै फोरम नेपालसहितको एउटा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा थियो । मोर्चा मात्र होइन एउटा ३३ दलीय लोकतान्त्रिक गठबन्धन पनि थियो । 

प्रतिक्रिया दिनुहोस