त्रिशूली नदीमा बस खस्यो, एक जनाको मृत्यु

बुधबार, १३ भदौ २०७५, ११ : ४५
त्रिशूली नदीमा बस खस्यो, एक जनाको मृत्यु

धादिङ । त्रिशूली नदीमा गए राति बस खस्दा एक जनाको मृत्यु भएको छ । एक बेपत्ता भएका छन् । 

काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट त्रिशूलीमा खस्दा गजुरी–६ का २२ वर्षीय केशर पुलामीको मृत्यु भएको छ । सोही ठाउँका २१ वर्षीय रामकृष्ण भुजेल नदीमा हराइरहेका छन् । 

भुजेलको खोजी भइरहेको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो । घाइते तीन जनालाई उपचारको लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस