पाहुना आउने क्रम जारी, स्वागत गर्दै नेपाल

बुधबार, १३ भदौ २०७५, १० : २१
पाहुना आउने क्रम जारी, स्वागत गर्दै नेपाल

काठमाडौं । बिमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन विदेशी पाहुनाहरु नेपाल आउने क्रम जारी छ । आज बिहान भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक काठमाडौं आएका छन् । उनलाई त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।
बिम्स्टेकको चौथो शिखर सम्मेलन काठमाडौँमा आगामी बिहीबार र शुक्रबार आयोजना हुँदै छ ।

प्रतिक्रिया दिनुहोस