घर भत्कँदा सल्यानमा एकै घरका पाँचजनाको मृत्यु

बुधबार, १३ भदौ २०७५, ०९ : २२
घर भत्कँदा सल्यानमा एकै घरका पाँचजनाको मृत्यु

सल्यान । सल्यानको बागचौर नगरपालिका ४ सिमखोलीमा गएराति घर भत्कँदा एकै घरका ५ जनाको च्यापिएर मृत्यु भएको छ । 
३९ वर्षीय रामसिंह कामी, उनकी ३५ वर्षीया श्रीमती रामकला कामी,  ६ वर्षीया छोरी गङ्गा कामी, पाँच वर्षीया छोरी प्रमिला कामी र चार वर्षीय छोरा रुपलाल कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 
घटनामा परेकी मृतककी ११ वर्षीय छोरी सुनिता कामीलाई जीवितै उद्धार गरिएको छ । अहिले सुनिताको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । 
घटनालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि सिमाखोली प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी टोली गएको थियो । 
 

प्रतिक्रिया दिनुहोस