काठमाडौँ । इलाममा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ।
आइतबार अपराह्नमा रोङ गाउँपालिका-३ भालुजोडास्थित सडकमा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक विष्णु खड्काले प्रशासनलाई बताए ।
उनका अनुसार ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी ४०० मिटर तल भीरमा खसेर रूखमा अड्किएको हो। दुर्घटनापछि बसमा रहेका ३६ जनालाई निकालिएको थियो। एक जना मृतक बालकसहित ३५ जना घाइतेहरूलाई बिएण्डसी अस्पतालमा पठाइएको छ। बालकको पहिचान खुलेको छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ मंसिर २०८०, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो
रामेछाप बस दुर्घटना अपडेट : सात जनाको मृत्यु, बेहोस अवस्थामा चार जनालाई अस्पताल लगिँदै
धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते