इलाममा बस दुर्घटना : एकजनाको मृत्यु, ३६ घाइते

सफल खबर संवाददाता

आइतबार, ०३ मंसिर २०८०, १९ : २०
इलाममा बस दुर्घटना : एकजनाको मृत्यु, ३६ घाइते

काठमाडौँ । इलाममा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ। 

आइतबार अपराह्नमा रोङ गाउँपालिका-३ भालुजोडास्थित सडकमा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक विष्णु खड्काले प्रशासनलाई बताए । 

उनका अनुसार ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी ४०० मिटर तल  भीरमा खसेर रूखमा अड्किएको हो।  दुर्घटनापछि बसमा रहेका ३६ जनालाई निकालिएको थियो। एक जना मृतक बालकसहित ३५ जना घाइतेहरूलाई बिएण्डसी अस्पतालमा पठाइएको छ। बालकको पहिचान खुलेको छैन।

प्रतिक्रिया दिनुहोस