१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०३ मंसिर २०८०, १५ : ४२
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका-८ औंरी बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

थारूले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस