शुक्रबार ४ जना र शनिबार १० जना गरी १४ जना पक्राउ परेका थिए । बौद्ध प्रहरीका डिएसपी राजु पाण्डेले सबैलाई शनिबार राति छाडिएको जानकारी दिए ।
शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले पनि पक्राउ परेकाहरु सबैलाई प्रहरीले छाडेको बताए ।मेयर नापितका अनुसार स्थानीयले प्रहरीसँग आफूहरुको कुनै सरोकार नभएको तर माग सम्बोधनका लागि सरकारलाई दबाब दिन शान्तिपूर्ण प्रदर्शन जारी राख्ने बताएका छन् ।
शंखरापुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग रहेको बताए ।
नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको थियो ।
स्थानीयको आक्रमणबाट डिएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएका थिए भने प्रहरीले तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रणजित तामाङसहित १४ जनालाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ मंसिर २०८०, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ