रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मुलुकको बिकासका लागी आम जनताको शासन ब्यवस्था आवश्यक रहेको बताएका छन् ।रौतहटको फतुवाबिजयपुर नगरपालिकाको बिजयपुर बजार र गुजरा नगरपालिकाको सिमराभवानीपुरमा शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज आयोजित शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि आम जनताको शासन ब्यवस्था आवश्यक रहेको बताए ।
मुलुकको बिकासका लागी आम जनताको शासन ब्यवस्था आवश्यक छ´ आजप अध्यक्ष साहले भने,अहिलेको यो संबैधानिक ब्यवस्थाले केही हुनेवाला छैन। केही नेता र दलको हैकम मात्रै चलेको छ, त्यसलाई जरैदेखि उखेलेर फाल्नुपर्ने हुन्छ ।´नेपालमा भएको सम्पत्ति बेचेर बिदेशमा थुपारिरहेका गैर आवासीयलाई दोहोरो नागरिक्ता दिएर नेपाललाई कंगाल बनाउने काम भई रहेको बताउदै उनले यसलाई रोक्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ मंसिर २०८०, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह