इजरायली सेनाद्वारा गाजामा रातभरी बमबारी, २८ जनाको मृत्यु

एजेन्सी

शुक्रबार, ०१ मंसिर २०८०, १० : ३५
इजरायली सेनाद्वारा गाजामा रातभरी बमबारी, २८ जनाको मृत्यु

एजेन्सी । इजरायलले गाजामा रातभर बमबारी गरेको छ । बमबारीका क्रममा २८ जना प्यालेस्टाइनी मारिएका छन् ।

जसअनुसार उत्तरी गाजामा रहेको जबलिया शरणार्थी शिविरको आवासीय क्षेत्रमा रहेको आवासीय भवनलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जना मारिएका छन् ।

यस्तै, खान युनिसको पूर्वमा रहेको अल कारारामा रहेको एउटा घरमा भएको हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका समेत रहेका छन् ।

यसैगरी, रफाहको पूर्वमा भएको बम विष्फोटमा कुखुरा फार्ममा रहेका कम्तीमा सात प्यालेस्टाइनीको मृत्यु भएकाे छ । गाजाको धेरै भागमा सञ्चार ब्ल्याकआउट भएको छ ।

गाजा सहरमा शवहरू भुइँमा नै अलपत्र अवस्थामा छन्, स्थानीय बासिन्दाहरू अहिले ध्वस्त शहरमा इजरायली सेनाले गोली हान्ने डरले तिनीहरूलाई संकलन गर्न असमर्थ छन्।

हवाई आक्रमणले दक्षिणी गाजामा बेकरी र गहुँ मिलहरूमा असर पारेको छ । एउटा कम्पनी भने अझै पनि एन्क्लेभमा पीठो उत्पादन गर्न सक्षम छ।

प्रतिक्रिया दिनुहोस