काठमाडौँ। हुम्लाबाट बाँकेका लागि उड्न लागेको नेपाल एयरलाइन्सको विमानमा समस्या देखिएपछि काठमाडौंबाट प्राविधिक टोली पठाउने तयारी भएको छ ।समस्या पहिचान भइसकेकाले मर्मतका लागि आवश्यक औजारसहित प्राविधिक टोली त्यसतर्फ पठाउने तयारी भएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
'नाइन एन-एबीयू कलसाइनको विमान बिहान ८ बजे सिमकोटबाट नेपालगञ्ज जानुपर्ने थियो, तर इन्जिन स्टार्ट गर्ने क्रममा सामान्य समस्या देखियो । चिसोका कारण पनि यस्तो हुन्छ,' पौडेलले भने, 'समस्या पहिचान भइसकेको छ ।
मर्मतका लागि आवश्यक औजारसहित काठमाडौंबाट प्रविधिक टोली त्यसतर्फ पठाउने तयारी भएको छ ।'मर्मत गरेर भोलि बिहानदेखि नियमित उडानमा ल्याइने उनले बताए ।विमान स्टार्ट नभएपछि चढिसकेका यात्रुलाई पनि ओरालिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
नेपाल एयरलाइन्सले सुरु गर्यो सुर्खेत सिमकोट उडान
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै