काठमाडौँ। हुम्लाबाट बाँकेका लागि उड्न लागेको नेपाल एयरलाइन्सको विमानमा समस्या देखिएपछि काठमाडौंबाट प्राविधिक टोली पठाउने तयारी भएको छ ।समस्या पहिचान भइसकेकाले मर्मतका लागि आवश्यक औजारसहित प्राविधिक टोली त्यसतर्फ पठाउने तयारी भएको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
'नाइन एन-एबीयू कलसाइनको विमान बिहान ८ बजे सिमकोटबाट नेपालगञ्ज जानुपर्ने थियो, तर इन्जिन स्टार्ट गर्ने क्रममा सामान्य समस्या देखियो । चिसोका कारण पनि यस्तो हुन्छ,' पौडेलले भने, 'समस्या पहिचान भइसकेको छ ।
मर्मतका लागि आवश्यक औजारसहित काठमाडौंबाट प्रविधिक टोली त्यसतर्फ पठाउने तयारी भएको छ ।'मर्मत गरेर भोलि बिहानदेखि नियमित उडानमा ल्याइने उनले बताए ।विमान स्टार्ट नभएपछि चढिसकेका यात्रुलाई पनि ओरालिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै
६७ वर्षे यात्रामा छटपटाइरहेको नेपाल एयरलाइन्स
हिजो रद्द भएको नेपाल एयरलाइन्सको दोहा उडान आज मध्यान्ह सञ्चालन हुने
नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन