काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा सहिष्णुता, सद्भाव र समाज सुधारको कुरामा प्रदेश सरकार गम्भीर भएर लाग्ने बताएका छन् ।फाल्गुनन्दको १३९ औँ जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले फाल्गुनन्दको कार्यको प्रेरणा प्राप्त हुने कुरामा प्रदेश सरकार विश्वस्त रहेको बताएका हुन् ।
‘हाम्रो देश धार्मिक, सामाजिक र सांस्कृतिक विविधताले युक्त छ । महागुरु फाल्गुनन्दका उपदेश र मार्गदर्शन सर्वदा शाश्वत, सार्वभौम र सार्वजनीन रहिआएका छन् । हामीले आफ्ना जीवनमा यी उपदेश र मार्गदर्शनको परिपालन गर्न सके समाज र राष्ट्रमा समन्वय, एकता, सहिष्णुता र सद्भाव चिरस्थायी हुने कुरामा शङ्का छैन । उहाँले समाज सुधारका निम्ति १९८८ वैशाख २४ मा स्थापना गर्नुभएको ‘सत्य धर्म मुचुल्का’को नीतिलाई विश्व समुदायले अनुसरण गरिरहेको छ,’ शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
महागुरु फाल्गुनन्दले किराँत भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिमा पुर्याएको महत्त्वपूर्ण योगदानको उच्च कदर गर्दै नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ कार्तिक २०८०, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री कार्की र इजरायलका राजदूत बासबीच भेटवार्ता
मुख्यमन्त्री कार्कीले भने-‘शिक्षकहरूको सेवा-सुविधा र शैक्षिक सवालमा छुट्टाछुट्टै कानून आवश्यक’
मुख्यमन्त्री कार्की र राष्ट्रसङ्घ खाद्य तथा कृषि संगठन नेपालका प्रतिनिधिबिच भेटवार्ता
मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट
मातृभाषासँगै अङ्ग्रेजी सिक्नु जरुरी छ: मुख्यमन्त्री कार्की
विपद् व्यवस्थापन गर्न आर्थिक अभाव : मुख्यमन्त्री कार्की