भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले पठायो दुई महामन्त्री

सफल खबर संवाददाता

बुधबार, २२ कार्तिक २०८०, ११ : ३७
भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसले पठायो दुई महामन्त्री

काठमाडौँ । नेपाली काँग्रेसले आफ्ना दुई महामन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ । काँग्रेसले उद्धार, राहत र पुनर्स्थापनाको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ गठन गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई खटाएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समितिले उद्धार कार्यमा स्थानीय पार्टीपङ्क्ति परिचालन गर्नेछ । उनीहरू प्रभावित क्षेत्रमा यी ७ विषयमा केन्द्रित रहनेछन् ।

कृष्णप्रसाद पौडेल मुख्य सचिव

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीको ‘केन्द्रीय अनुगमन तथा व्यवस्थापन सहजीकरण समिति’ का तर्फबाट भूकम्प प्रभावित क्षेत्र आज पुग्दै हुनुहुन्छ । केही दिन त्यहाँ रहेर उहाँहरूले– ‘७ बुँदे कार्य’ मा ध्यान केन्द्रित गर्नुहुनेछ ।

९१० उद्धार कार्य अत्यन्तै तदारुक र प्रशंसनीय ढङ्गले भए पनि राहत सामग्री अझै पनि कयौँ पीडितमा नपुगेको भनेर सञ्चार माध्यम मार्फत उजागर कमजोरीहरूको वास्तविकता पहिचान गरी अविलम्ब उचित व्यवस्थापनमा ध्यान, ध्यानाकर्षण र सहजीकरण ।

९२० सङ्घ, प्रदेश, स्थानीय सरकार, राजनैतिक दलहरू, विभिन्न सङ्घ–संस्था एवं स्वयं सरकारी निकायहरू बीच ‘एकद्वार प्रणाली’ अनुसार समन्वय भएको छ या छैन । छैन भने एकद्वार पालना गर्न/गराउन थप सुझाव र सहजीकरण ।

९३० उद्धार र राहतमा पुगेका बाह्य सङ्घ–संस्था र व्यक्तिहरूबाट कतै प्रतिकुल असर परेको अवस्था त छैन रु सो निरीक्षण गरेर अविलम्ब त्यस्तो स्थितिलाई व्यवस्थापन गर्न/गराउन सुझाव र सहजीकरण गर्ने ÷गराउने ।

९४० उद्धार र राहत क्रममा नेपाली काँग्रेस पार्टीको स्थानीय भूमिकाको प्रभावकारिता, कमजोरी एवं अन्य दलहरूसँगको समन्वयको सहज स्थिति रहेको नरहेको स्थलगत बुझेर जरुरी समन्वय र प्रभावकारितामा प्रेरित गर्ने तथा दीर्घकालीन रूपमा पुनर्स्थापनामा सम्पादन गर्नुपर्ने विषयहरूको अध्ययन गर्ने ।

९५० घाइतेको उपचारमा ध्यान केन्द्रित गर्ने स्वभाविक र अनिवार्य दायित्व निर्वाह गरिरहँदा, भूकम्पबाट घाइते नभएका तर अन्य प्रकारका बिरामीको उपचारमा असहजताको अवस्था भएको हुनसक्ने स्थिति दृष्टिगत गरेर स्थिति व्यवस्थापनका अलग्गै संयन्त्र निर्माणमा समन्वय गर्ने ।

९६० सुत्केरी, अपाङ्गता भएका नागरिक, बालबालिका एवं वृद्धवृद्धालाई विशेष प्राथमिकता साथ तत्कालीन व्यवस्थापनमा रहेका कमजोरी पहिचान र निदानमा जरुरी समन्वय ।

९७० पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाली काँग्रेसको धारणा प्रधानमन्त्रीलाई लिखित रूपमा बुझाइएको छ । यसको कार्यान्वयनमा के कस्तो समस्याहरू आइपर्न सक्छन्, सरोकारवालाहरूको सुझावहरू के के छन्, आदि विषयमा जरुरी परामर्श र अध्ययन गर्ने ।

महामन्त्रीद्वयले प्रभावित क्षेत्रबाट आवश्यकता अनुरूप संघमा सोझै प्रधानमन्त्रीलाई तथा प्रदेशमा मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराई सहजीकरण र समाधान खोज्न बल पुर्‍याउनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस