काठमाडौँ । धुम्बाराहीमा सञ्चालित जुवा अड्डामा प्रहरीले गएराति छापा मारेको छ । गएराति साढे २ बजे छापा मारेर ७ जना जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
धुम्बाराही पिपलबोटस्थित सुन्दर कार्कीले बनाएको दुईतले जस्ताको टहराको भुँइ तलामा जुवा खेलेको सुराकको आधारमा महाराजगञ्जका डिएसपी अमर थापा नेतृत्वको टिमले छापा मारेको हो ।
जुवाखालबाट पक्राउ पर्नेमा दोलखा घर भएका ४० वर्षीय किरन थापा, भक्तपुरको सूर्यविनायक घर भएका सुशील लामा, दोलखाका सुन्दर कार्की, रामेछापका सुमन श्रेष्ठ, धादिङका कुमार रोका, हेटौंडा घर भएका कृष्णबहादुर मोक्तान र खोटाङ घर भएकी २९ वर्षीया निशाना राई छन् ।
घटनास्थलबाट प्रहरीले २ लाख ९२ हजार नगद र २० हजारको १ थान चेक बरामद गरेको छ । खालमा ११ बुक तास भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । आरोपितहरुलाई प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ कार्तिक २०८०, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा छ जना पक्राउ
चितवनमा क्रिप्टो करेन्सी कारोबार गर्ने र १२ लाखभन्दा बढी अनलाइन ठगी गर्ने ४ जना पक्राउ
खिचापोखरीबाट ६ करोडको अवैध भेपसहित एक जना पक्राउ
नक्कली नोटसहित एक जना पक्राउ
रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ
शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा आज सुनुवाइ हुँदै