सर्लाही । गोडैता नगरपालिका–८, सिसौटियामा गएराति ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
गाउँको भित्री सडकमा बाँस लोड गरिएको ना ५ त ६१८२ नम्वरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा ट्याक्टरका चालक गोडैता नगरपालिका–७, का ४० वर्षीय अशेश्वर पटेल र सह–चालक गोडैता नगरपालिका–८, का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको हो।
चालक अशेश्वरलाई उपचारका लागि मलंगवाबाट वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमा नै र सह–चालक शंकरको घटनास्थलमै मृत्यु भएको डीएसपी दीपेन्द्र पन्जियार बताए।
दुर्घटनामा गोडैता नगरपालिका–८, बस्ने २० वर्षीय रुपेश महतो र रौतहटको परोहा नगरपालिका–८, बस्ने २४ वर्षीय जयप्रकाश पटेल घाइते छन्।
उनीहरुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भैरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ कार्तिक २०८०, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु