सर्लाही । गोडैता नगरपालिका–८, सिसौटियामा गएराति ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
गाउँको भित्री सडकमा बाँस लोड गरिएको ना ५ त ६१८२ नम्वरको ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा ट्याक्टरका चालक गोडैता नगरपालिका–७, का ४० वर्षीय अशेश्वर पटेल र सह–चालक गोडैता नगरपालिका–८, का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको हो।
चालक अशेश्वरलाई उपचारका लागि मलंगवाबाट वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमा नै र सह–चालक शंकरको घटनास्थलमै मृत्यु भएको डीएसपी दीपेन्द्र पन्जियार बताए।
दुर्घटनामा गोडैता नगरपालिका–८, बस्ने २० वर्षीय रुपेश महतो र रौतहटको परोहा नगरपालिका–८, बस्ने २४ वर्षीय जयप्रकाश पटेल घाइते छन्।
उनीहरुको प्रादेशिक अस्पताल मलंगवामा उपचार भैरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ कार्तिक २०८०, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु
बाजुरामा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु
झापामा सवारी दुर्घटनाबाट एक वर्षमा ९५ को मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु
कपिलवस्तुमा बस दुर्घटना : २९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
सिमलताल दुर्घटनाको एक वर्ष : ३९ यात्रुको अवस्था अझै अज्ञात