काठमाडौं। नेकपा एमालेले जाजरकोटको भूकम्पमा परी घरबारविहीन भएकालाई १ करोड रूपैँया बराबरको राहत सामग्री वितरण गर्ने तयारी गरेको छ । पार्टीको समाजिक सेवा केन्द्रले भूकम्पपीडितका लागि राहत सामग्री जाजरकोट र पश्चिम रुकुम पठाउने तयारी गरेको हो ।
केन्द्रका प्रमुख एवं एमाले केन्द्रीय सदस्य मोतीलाल दुगडका अनुसार अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा विपत्तिमा परेकालाई सहयोग गर्न केन्द्र अग्रसर भएको हो । केन्द्रले भूकम्पपीडितका लागि चामल, दाल, चाउचाउ, बिस्कुट, नुनजस्ता खाद्य सामग्री उपलब्ध गराउने छ । यसैगरी कम्बल र टेन्ट पनि तिवरण गर्न लागिएको छ ।
दुगडका अनुसार राहतका लागि पठाइने सामग्रीमध्ये केही काठमाडौंमा खरिद गरिएको छ भने केही सामग्री नेपालगञ्ज, दाङलगायतका ठाउँमा किनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह