जाजरकोट भूकम्प : आठबिसकोटमा जिल्लाबाहिरका तीन जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २० कार्तिक २०८०, ११ : ५९
जाजरकोट भूकम्प : आठबिसकोटमा जिल्लाबाहिरका तीन जनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा भूकम्प परी जिल्लाबाहिरका तीन व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी कामका सिलसिलामा रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेका तीनैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्लाबाहिरका बर्दियाका दुई र रोल्पाका एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।उनका अनुसार, मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विक रहेका छन् । आठबिसकोट–१४, छेपारेमा उनीहरूको मृत्यु भएको हो ।

यस्तै, भूकम्पमा परी रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । पुनमगर पुनर्निर्माण कम्पनीका गाडी चालक थिए ।रुकुम पश्चिममा भूकम्पमा परी जिल्लाबाहिरका तीनसहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस