बाँके। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिवार राति थप छ जनालाई उपचारका लागि ल्याइएको छ ।भूकम्पमा परी घाइते भएका बिरामीलाई एम्बुलेन्सबाट उपचारका लागि ल्याइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।
उनका अनुसार उपचारार्थ ल्याइएकामध्ये दुई जना भेरी नगरपालिका जाजरकोटका छन् भने चार जना सानीभेरी रुकुमका छन् ।हालसम्म भेरी अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेको सङ्ख्या ३९ पुगेको प्रजिअ पोखरेलले बताए ।प्रजिअ पोखरेलले उपचाररत घाइतेमध्ये ३७ जनाको विशेष सेवा प्रदायक अस्पताल बनाइएको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ भने एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको बताए ।
कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेका एक जना घाइतेलाई पनि आजै भेरीमै ल्याउने तयारी गरिएको पनि उनले बताए ।उपचाररत घाइतेमध्ये पाँच जनाको सफल अपरेसन शनिबार राति १२ बजे सम्ममा भइसकेको जानकारी प्रजिअ पोख्रेलले दिए ।
हाल भेरी अस्पातालमा ३७ र कोहलपुर मेडिकल अस्पतालमा एक गरी ३८ जना घाइते उपचाररत बिरामीको अवस्था सुधारोन्मुख तथा खतरामुक्त रहेको प्रजिअ पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाजरकोट भूकम्पपछिको पुनर्निर्माण शुरू, ६ सयभन्दा बढी लाभग्राहीसँग सम्झौता
जाजरकोट भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापन