काठमाडौं । नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा भइरहेका काम र विपद व्यवस्थापनका लागि महामन्त्रीद्वयको नेतृत्वमा ‘अनुगमन तथा सहजीकरण समिति’ गठन गर्ने भएको छ ।
कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माका अनुसार आइतबार बिहान पार्टी कार्यालय सानेपमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।‘महामन्त्रीद्वयको नेतृत्वमा विपद व्यवस्थापन सँगै ‘अनुगमन तथा सहजिकरण समिति’ निर्माण गर्ने निर्णय भएको छ’, विश्वकर्माले भने, ‘त्यसले स्थल अनुगमनदेखि सबै सामग्री परिचालन, राज्य संयन्त्र परिचालन, पार्टी परिचालनको बीचमा भएका सबैको अनुगमन र सहजिकरण गर्ने निर्णय भएको छ ।’
विश्वकर्माका अनुसार महामन्त्रीद्वय चाँडै भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा जाने भएका छन् । राहत वितरणमा अनियमितता र पक्षपात नहोस् तथा विपन्नको पुनर्वासमा पनि समानता होस् भन्नेमा कांग्रेस गम्भिर भएकाले यस्तो निर्णय गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
कांग्रेसमा अनुशासन समितिको निर्णयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउन माग
प्रदेश सरकारसँग असमझदारी हटाउन प्रतिनिधि खटाउने काँग्रेसको निर्णय
उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह
कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने
कांग्रेस केन्द्रीय समिति बैठक सकिँदै