काठमाडौ । डोटीमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।
राति साढे दुई बजे डोटीको शिखर नगरपालिका- ६ अन्यौलस्थित केआई सिंह राजमार्गमा ग २ च २७७६ नम्बरको बोलेरो सडकबाट झण्डै ६० मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा बाजुराको हिमाली गाउँपालिका- ५ की २२ वर्षीया राधिका मलाल, सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा, उनका छोरा अन्दाजी ६ वर्षीय कबिन्द्र बुढा र बिमला मलालकी ८ महिनाकी छोरी प्रारर्थनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु