काठमाडौ । डोटीमा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।
राति साढे दुई बजे डोटीको शिखर नगरपालिका- ६ अन्यौलस्थित केआई सिंह राजमार्गमा ग २ च २७७६ नम्बरको बोलेरो सडकबाट झण्डै ६० मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
दुर्घटनामा बाजुराको हिमाली गाउँपालिका- ५ की २२ वर्षीया राधिका मलाल, सोही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा, उनका छोरा अन्दाजी ६ वर्षीय कबिन्द्र बुढा र बिमला मलालकी ८ महिनाकी छोरी प्रारर्थनाको मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते
उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
ट्रक र स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन