माटोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १८ कार्तिक २०८०, १४ : ४९
माटोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु

काठमाडौँ । काठमाडौँ चन्द्रागिरिमा माटोको ढिस्कोमा पुरिएर रौतहटको एकजना पुरुषको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–५ स्थित ढल खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर रौतहट  ईशनाथ नगरपालिका–६ पल्टुवाका ४२ वर्षीय छोटेलाल साहको मृत्यु भएको हो।

रौतहट निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य किरण साहका अनुसार शुक्रबार अपराह्न मृत्यु भएको खबर पाए लगतै घटनास्थल पुगेर सत्य तथ्य बुझी निर्माण व्यवसायीबाट पीडित मृतक परिवारलाई ५ लाखको चेक र १ लाख नगद गरी ६ लाख क्षतिपूर्ति  दिने गरी सहमति गराएको थियो। सहमतिपछि शनिबार

शिक्षण अस्पतालमा मृतकको शवको पोस्टमार्टम गराइ अन्तिम संस्कारको लागि एम्बुलेन्समा घर पठाउने व्यवस्था मिलाएको साहले जानकारी दिए। रौतहट निर्वाचन क्षेत्र २ अन्तर्गत ईशनाथ नगरपालिका घर भएका मृतक साह लामो समयदेखि सपरिवार काठमाडौँ बसेर दैनिक ज्यालादारीमा काम गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस