काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त जाजकोटको अवस्थाबारे जानकारी लिएका छन्।
प्रधानमन्त्री प्रचण्डले जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई भेटेर त्यहाँको अवस्थाबारे बुझेको र केही बेरमा स्थलगत अध्यननका लागि जाने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
उनी शनिबार बिहान भूकम्प प्रभावित जिल्ला गएका थिए। प्रधानमन्त्रीसँगै उर्जामन्त्री शक्ति बस्नेत पनि जाजरकोट गएका छन्।
बिहीबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुममा अहिलेसम्म १२८ जनाको मृत्यु भइसकेको छ। जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारे : प्रधानमन्त्री
प्रधानमन्त्री बालेनले दिए यस्तो प्रष्टीकरण : ‘कोही पनि घरबारविहीन हुनुपर्दैन, भ्रममा नपरौँ’
प्रधानमन्त्री भेट्न नपाएपछि ट्रम्पका विशेष दूतले भेटे रवि लामिछाने
प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेश सचिव बैशाख २८ मा काठमाडौं आउने
प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, पत्नी सविनाले फेसबुकमाबाट दिइन जन्मदिनको शुभकामना
बालेन सरकारको एक महिना पूरा १०० कार्यसूची : कागजमा महत्वाकांक्षा, कार्यान्वयनमा मिश्रित संकेत