काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) ले आज बागमती प्रदेशमा पार्टी प्रशिक्षण कार्यक्रम गर्दै छ।
जसपा बागमती प्रदेश समितिले एकदिवसीय प्रशिक्षण कार्यक्रम गर्न लागेको हो।
सुकेधारास्थित एसआर क्याटरिङमा दिउँसो १२ बजेदेखि सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, सघीय परिषद् अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र प्रसाद श्रेष्ठलगायत नेताले प्रशिक्षण दिने कार्यक्रम छ।
प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा गठन, पुनर्गठन भएका संगठन र समितिका प्रतिनिधि सहभागी हुने छन्।
जसपाले केही प्रदेशमा यसअघि नै प्रशिक्षण कार्यक्रम गरिसकेको छ भने मधेश प्रदेश समितिले कात्तिक २० गतेदेखि ३ दिने प्रशिक्षक प्रशिक्षण शिविर सञ्चालन गर्ने भएको छ।
जसपाले सञ्चालन गरेको तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत प्रशिक्षण, संगठन गठन, पुनर्गठन तथा सदस्यता वितरणसमेत गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा