विद्यार्थीलाई मासिक ३० हजार रुपैयाँसम्मको छात्रवृत्ति

पत्रपत्रिकाबाट

शुक्रबार, १७ कार्तिक २०८०, ०७ : ३६
विद्यार्थीलाई  मासिक ३० हजार रुपैयाँसम्मको छात्रवृत्ति

काठमाडौ  । मदन   भण्डारी   विज्ञान   तथा   प्रविधि  विश्वविद्यालयले विद्यार्थीलाई  मासिक  ३०  हजार  रुपैयाँसम्मको छात्रवृत्तिसहित स्नातकोत्तर र   विद्यावारिधिको शैक्षिक कार्यक्रम  सुरु गरेको छ । 

मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा यही वर्षबाट स्नातकोत्तर तहका विद्यार्थीलाई मासिक २५ हजार र विद्यावारिधिमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक ३० हजार रुपैयाँको छात्रवृत्तिसहितको भर्ना कार्यव्रmम सुरु गरेको छ ।

यो वर्ष विश्वविद्यालयले ३२  जना  विद्यार्थीलाई  अध्ययनका  लागि  भर्ना  आह्वान गरेको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस