आईसीसी टी–२० : ओमानविरुद्ध नेपालले पहिले बलिङ गर्ने

सफल खबर संवाददाता

विहीबार, १६ कार्तिक २०८०, ०८ : ४४
आईसीसी टी–२० : ओमानविरुद्ध नेपालले पहिले बलिङ गर्ने

काठमाडौ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान नौ बजेदेखि खेल सुरु हुँदैछ। नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको हो। 

नेपालले आजको खेलमा यसअघिकै टोलीलाई निरन्तरता दिएको छ।यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका दुवै टोली समू विजेता बन्नका लागि खेल्दैछन्।
 
यो खेलको विजेताले समूह ‘ए’ को विजेता बन्दै समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ। आजको खेलको विजेताले टियु मैदानमा नै सेमिफाइनल खेल्न पाउनेछ। 

आजको खेलमा पराजित हुने टोलीले सेमिफाइनल खेल मुलपानी मैदानमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस