जनकपुरधाम। मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजाद चढ्ने गाडीको ठक्करबाट तीन जना घाइते भएका छन् ।सर्लाहीको बरहथवा नगरपालिका–९ मुक्तेश्वर चोकमा राज्यमन्त्री चढ्ने मधेस प्रदेश ०२–००१ झ ०२४० नम्बरको गाडीले बा ४३ प १२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका हुन्।
मंगलबार बेलुकी करिब ७ बजेतिर गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो।गाडीको ठक्करबाट बरहथवा नगरपालिका ५ का १८ वर्षीय सुमन महतो, चन्द्रनगर गाउँपालिका ५ मोहनपुरका १८ वर्षीय दीपक महतो र बागमती नगरपालिका १० शंकरपुर का १९ वर्षीय अजय महतो घाइते रहेको प्रहरीले जनाएको छ ।
तीनै जना घाइतेको वीरगञ्जस्थित अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये अजयको अवस्था चिन्ताजनक छ ।दुर्घटनालगत्तै गाडी चालक फरार भएका थिए । चालकको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजियारले बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशमा निर्जीवन बिमाबाट दुई अर्ब १५ करोड संकलन
मधेस प्रदेशमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु
मधेस प्रदेश प्रमुखसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस
मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमन: दुई जना पक्राउ
मतपत्रमा पानी खन्याएपछि मधेस प्रदेशको मतगणना स्थगित
मधेस प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो